नेपाल लाइफ इन्स्योरेन्सले पहिलो तीन महिनामा ४ अर्ब ९ करोड रुपैयाँबराबरको बिमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले साउन, भदौ र असोज महिनामा उक्त रकम बिमितलाई भुक्तानी दिएका हुन्।
प्राधिकरणले निकालेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा कुल १३ अर्ब ५० करोड बिमाशुल्क आर्जन गर्दा ४ अर्ब बिमितलाई दाबी भुक्तान गरेको हो।
बिमाशुल्क गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष १२.८२ प्रतिशतले बढेको हो।
यो अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा २१ करोड ५५ लाख रहेको थियो।
12
Shares

प्रतिक्रिया