कारोबार


यूएईले फेरि लिन थाल्यो नेपालीको भिसा आवेदन

यूएईले फेरि लिन थाल्यो नेपालीको भिसा आवेदन

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १५:६, काठमाडौँ

जेनजी प्रदर्शनपछि संयुक्त अरब इमिरेट्स (यूएई)ले रोकेको भिसा आवेदन बिहीबारदेखि लिन सुरु गरेको छ।

जेनजी प्रदर्शन हिंसात्मक बन्दा यूएईले भिजिट र रोजगारी भिसा नदिनुका साथै आवेदन पनि  बन्द गरेको थियो। 

भिसा रोकेको  विषयमा यूएईले नेपाल सरकारलाई औपचारिक जानकारी नदिनुका साथै यस सम्बन्धमा कुनै सार्वजनिक सूचना पनि जारी गरेको थिएन। 

तर यूएईले अनलाइन पोर्टल मर्मतका क्रममा समस्या देखिएकाले नेपालबाट भिसा आवेदन गर्न नमिलेको भन्ने अनौपचारिक जानकारी दिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

बिहीबारदेखि यूएईका लागि भिसा आवेदन दिने ठाउँमा पासपोर्टका आधारमा राष्ट्रियता छनोट गर्ने स्थानमा नेपाल देखिन सुरु भएको छ। यस अघि राष्ट्रियता छनोट गर्दा नेपाल देखिँदैन थियो। 

केही ट्राभल एजेन्सी सञ्चालकहरुले बिहीबारदेखि यूएईले भिजिट भिसा आवेदन लिन थालेको बताएका छन्। तर, रोजगारी भिसा भने अझै खुल्न बाँकी रहेको छ। 

नेपाली श्रमीका लागि यूएई प्रमुख रोजगारी गन्तव्य हो। नेपालबाट गत भदौमा ४५ हजार ७३२ जना वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये १९ हजार ६०२ जना यूएई पुगेका थिए।  असोजमा रोजगारीका लागि यूएई पुग्ने ९ हजार ८९८ मात्र थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad