कारोबार


होटल क्राउन इम्पेरियलमा एनआईसी एसियाका ग्राहकले छुट पाउने

होटल क्राउन इम्पेरियलमा एनआईसी एसियाका ग्राहकले छुट पाउने

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १६:२३, काठमाडौँ

एनआईसी एसिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।

होटल र बैंकबीच यससम्बन्धी सम्झौता भएको हो।

सम्झौतापश्चात् बैंकका ग्राहकहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्।

उक्त सुविधा उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad