विभिन्न एजुकेसनल कन्सल्टेन्सीहरूले यूएईमा नक्कली कलेज देखाएर विद्यार्थीहरू पठाउने गरेको पाइएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले यूएईमा नक्कली कलेजहरूमा विद्यार्थी पठाउने गरेको गुनासो आएको बताएका छन्।
मन्त्रीले पुनले सामाजिक सञ्जाल मार्फत नेपालका केही कन्सल्टेन्सीहरूले यूएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थी पठाएर ठगी गरिएको जानकारी आफूले पाएको बताए।
नक्कली कलेज देखाएर गएका विद्यार्थीले दुःख पाइरहेको भन्दै मन्त्री पुनले विद्यार्थीहरूलाई सावधान हुन आग्रह गरेका छन्।
उनले विद्यार्थी पठाएका कन्सल्टेन्सीहरूको छानबिन सुरु गरेको पनि स्पष्ट पारेका छन्।
‘सो कुराको गहन छानबिन हुँदैछ। कोही पनि नफस्नु होला’ मन्त्री पुनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया