कारोबार


लगानी खुम्चिएपछि तीन महिनाका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक

लगानी खुम्चिएपछि तीन महिनाका लागि ३० अर्ब तान्दै राष्ट्र बैंक

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ११:२२, काठमाडौँ

लगानी खुम्चिएर बैंक तथा वित्तीय संस्थाहरुको तरलता सम्पत्ति बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले लामो अवधिको निक्षेप जारी गर्न थालेको छ।

बैंकले आइतबार तीन महिनाका लागि ३० अर्ब रकम बैंक तथा वित्तीय संस्थाहरुबाट तान्न लागेको हो।

आइतबार ८४ दिने निक्षेप जारी गर्दै बैंकहरु इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईनमार्फत हुने बोलकबोलमा सहभागी हुन भनेको छ। 

अहिले राष्ट्र बैंकले २.७४ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गर्दै आएको छ।

हप्तामा दुईदेखि तीन पटकसम्म निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले तरलता व्यवस्थापन हुन नसकेपछि लामो अवधिको निक्षेप उठाइरहेको हो।

यसअघि १ सय ७५ दिने निक्षेप संकलन गरेको बैंकले आइतबार भने ८५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad