आईसीएफसी फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।
कम्पनीको २३ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१÷०८२ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो।
यसअनुसार चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँबाट १८ करोड ६८ लाख ६४ हजार १ सय ४७ रुपैयाँ वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बस्ने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
33
Shares

प्रतिक्रिया