कारोबार


वेमौसमी वर्षा क्षति गरे पनि चितवनमा धान उत्पादन बढ्यो

वेमौसमी वर्षा क्षति गरे पनि चितवनमा धान उत्पादन बढ्यो

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १३:१०, चितवन

चितवनमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ।

गत वर्षको तुलनामा यस वर्ष चितवनमा २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो।

कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो। 

यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको पौडेलले बताए।

चितवनमा यस वर्ष एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिकटन धान उत्पादन भएको छ। 

बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो। जसबाट १४९ दशमलव ०१ मेट्रिकटन धानमा क्षति भएको अनुमान छ। 

गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो। 

चितवनमा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धान लगाइन्छ। समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad