नेपालस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्षमा विद्या कुमार चयन भएकी छिन्। उनी अर्का सदस्य अंकुर खुरानाको स्थानमा आएकी हुन्।
खुरानाले अक्टोबर ३१ मा सञ्चालकबाट राजीनामा दिएका थिए। योसँगै संस्थागत सेयरधनी रहेको बेलायतस्थित बैंकले कुमारलाई पठाएको हो।
समिति सदस्य बनेसँगै कुमारलाई नेपालस्थित बैंकको सञ्चालक समितिको बैठकले बुधबारबाट कार्यकाल सुरु हुने गरी अध्यक्ष नियुक्त गरेको हो।
यसअघि अध्यक्षमा वेणुगोपाल रंगनाथन थिए।
66
Shares

प्रतिक्रिया