कारोबार


मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्यशिविर (तस्बिर)

मुस्ताङमा सशस्त्र प्रहरी बलको स्वास्थ्यशिविर (तस्बिर)

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १६:२१, काठमाडौँ

मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकहरुको लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ।

बुधबार बिहानदेखि त्यसक्षेत्रमा पर्यटकहरुको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म मुस्ताङले बुधबार विहान ९० महिला र ६० पुरुष गरी १ सय ५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी १ सय जनाको रक्तचाप परिक्षण गरिएको छ।

त्यसक्षेत्रमा हिमपात भएको र चिसो एक्कासि बढेका कारण धैरै पर्यटकहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ। उनीहरुको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको छ। 

यसैबीच मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिषरको हिउँ पन्छाउनको लागि बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको छ।

तस्बिरमा हेर्नुहोस्


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad