सडक विभागअन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयअन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालयले पालुङटार गोरखाअन्तर्गतको ठेक्का तोड्ने प्रक्रिया थालेको छ।
ठेक्का लिएको गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई १५ दिने सूचनामार्फत स्पष्टीकरण माग्दै कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो।
मंगलबार प्रकाशित सूचनाअनुसार उक्त कम्पनीले २०७७ माघ २९ मा लिखु खोला पुलसँगै राजमार्गअन्तर्गतको पाटी भन्ज्याङ छहरे सडक खण्ड निर्माण गर्न निर्देशनालयसँग सम्झौता गरेको थियो।
तर लामो समययता कम्पनीले निर्माणस्थलमा कुनै पनि स्रोत साधन (जनशक्ति, निर्माण सामग्री, औजार उपकरण आदि) परिचालन भएको नदेखिएको कार्यालयले उल्लेख गरेको छ। कम्पनीसँग कार्यालयबाट मौखिक र लिखित अनुरोध तथा ताकेता गरे पनि निर्माणसम्पन्न गर्नेतर्फ चासो नदेखाएकोले स्पष्टीकरण माग गरिएको जनाइएको छ।

Shares

प्रतिक्रिया