नेपालको युवा आन्दोलनको आगो अझै निभेको छैन। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि पनि विद्रोहको ज्वाला अझै बलिरहेको देखिएको छ। यही निरन्तरताको प्रतीकका रूपमा मंगलबार बिहान युवा अभियन्ता संगीत बमले अनौठो ढंगले आफ्नो सन्देश दिएका छन्।
बम बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनका लागि पुगे। पत्रकारहरू बिहान ११ बजेतिरै तोकिएको स्थानमा पुगिसकेका थिए। तर सम्मेलन सुरु भएको केही क्षणमै मात्र १० सेकेन्डमै सकियो।
सेतो परम्परागत पोशाकमा सजिएका बमले मञ्चमा उभिएर दाहिने हातको दुई औंला ठड्याउँदै ‘द गेम अफ लुसिफर’ भन्दै सांकेतिक विरोध प्रदर्शन गरे। त्यसपछि उनले कुनै पनि बयान नदिई पत्रकार सम्मेलन त्यत्तिकै समाप्त गरे। उपस्थित पत्रकारहरूलाई उनले समाचार बनाउने जिम्मा दिए र आफू मञ्चबाट ओझेल परे।
फोटोमा देखिएझैं, बमको ‘भी’ साइन र मौन शैलीले नेपालको राजनीतिक यथार्थमा उभिएको युवा विद्रोहको भावनालाई झल्काउँछ। यो इसारा केवल शान्ति वा विजयको प्रतीक मात्र नभई पुरानो राजनीतिक व्यवस्थाविरुद्धको चुनौतीका रूपमा बुझिन्छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई केहीले ‘लुसिफर’ का रूपमा पनि व्याख्या गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया