कारोबार


राष्ट्र बैंकबाट बाहिरिए गुणाकर भट्ट

राष्ट्र बैंकबाट बाहिरिए गुणाकर भट्ट

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १४:२८, काठमाडौँ

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट अवकाशमा गएका छन्। 

उनको २५ वर्षे कार्यकाल कात्तिक ५ गतेबाट सकिएसँगै उनले ६ गते राष्ट्र बैंकबाट विदा भएका हुन्। 

२०५७ सालमा सहायक निर्देशकबाट राष्ट्र बैंकमा उनले जागिर सुरु गरेका थिए। राष्ट्र बैंकको अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागलगायतका विभिन्न विभागको नेतृत्व गरेका भट्ट गभर्नरको सम्भावित प्रत्याशी पनि थिए। 

उनले गभर्नरमा प्रतिस्पर्धा गर्नकै लागि कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि पछि त्यो स्वीकृत नभएपछि उनी कार्यालय फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad