प्रधानमन्त्री सुशीला कार्कीले श्रम तथा रोजगार मन्त्रीमा सिफारिस गरेसँगै विवादमा तानिएका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएको पाइएको छ।
सुनार दैलेख-१ बाट महाधिवेशन प्रतिनिधि भएको पाइएको छ। उनी खुलातर्फबाट उम्मेदवार बनेर ३४९ मत ल्याएर निर्वाचित भएका थिए। ०७८ मा मंसिरमा भएको कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व छान्नका लागि उनी प्रतिनिधि बनेका थिए।
कांग्रेसले ६८ जनाले महाधिवेशन प्रतिनिधि छोडिसकेको, मृत्यु भएकाको संख्या ४६ भएको जनाएको छ। तर कांग्रेसमा महाधिवेशन प्रतिनिधि त्यही कायम छ।
उनीविरुद्ध विभिन्न अभियोगमा मुद्दा दायर भएको भन्नेबारे सामाजिक सञ्जालमा चर्चा भएपछि अहिले प्रधानमन्त्री कार्कीले उनलाई मन्त्री बनाउने कि नबनाउने भनेर छलफल गरिरहेकी छन्।
477
Shares

प्रतिक्रिया