कारोबार


अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर र युरोको घट्यो

अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलर र युरोको घट्यो

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार ५:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा महँगिएका राष्ट्र बैंकले जनाएको छ। 
 
आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा थियो। 

त्यसैगरि आज युरो १ को खरिदर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३८ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा थियो। 

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३५ पैसा छ। हिजो  कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad