कारोबार


वायुसेवा निगमद्वारा ऋण बापतको ५३ करोड भुक्तानी

वायुसेवा निगमद्वारा ऋण बापतको ५३ करोड भुक्तानी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८२ शनिबार १०:१८, काठमाडौँ

नेपाल वायु सेवा निगमले यही असोज मसान्तसम्मको ऋण बापतको ५३ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ।

निगमले दुई ‘न्यारोबडी’ जहाजको किस्ता तर्फको पुरै रकम र दुई ‘वाइडबडी’ जहाजको आंशिक गरी आज कुल ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ।

अन्तरराष्ट्रिय उडानका लागि खरिद गरिएका ती जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको रुकम भुक्तानी गरिएको निगमले जनाएको हो।


निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत यही असोज मसान्तसम्ममा आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ।

कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सोे अवधिको ब्याजको ब्याज, हर्जाना र ‘पेनल’ छुट गरिदिन एंव किस्ता सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध गरिएको निगममा प्रवक्ताद्धय सुवास डाँगी र मनोज कुमार साहद्वारा जारी वक्तव्यमा उल्लेख छ।

यसैबीच निगमको काठमाडौँ-ग्वाञ्जाओ-काठमाडौँ सेक्टरको दोस्रो नियमित उडानमा पनि यात्रुहरुको उत्साहजनक आकर्षण देखिएको सो वक्तव्यमा जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad