कारोबार


हिमालयन डिस्टिलरीले २० प्रतिशत बोनस सेयर दिने

हिमालयन डिस्टिलरीले २० प्रतिशत बोनस सेयर दिने

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १२:९, काठमाडौँ

हिमालयन डिस्टिलरी लिमिटेडले लाभांशसम्बन्धी निर्णय गरेको छ। 

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷०८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांशको प्रस्ताव गरेको हो। 

यसअनुसार चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ५ रुपैयाँ (करसहित) नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ। 

कात्तिक ३० मा वीरगन्जमा २०८१/०८२ को २५औँ वार्षिक साधारणसभा गर्ने निर्णय पनि बैठकले गरेको छ। कात्तिक २० गते साधारणसभा प्रयोजनार्थ २० गते कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने पनि जनाइएको छ। 

नेप्सेमा दर्ता किताब बन्द हुने दिनभन्दा अगाडि कारोबार भई सेयर खरिद गरी नियमानुसार सेयर नामसारी दाखेल खारेज भई आएका सेयरधनीले साधारणसभामा भाग लिन र सभाबाट निर्णय भएअनुसारको नगद लाभांश तथा बोनस सेयर पाउन योग्य हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad