टीभीएस एनटर्क स्कुटरका ब्रान्ड एम्बेसडर नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का जगदम्बा मोटर्सको फेसबुक पेजमा लाइभ आउँदै छन्।
शुक्रबार साँझ ६ बजे प्रत्यक्ष कुराकानी गर्न लागेको टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ।
लकडाउनको समयमा सेलिब्रेटीको के गर्दै छन् भन्ने चासो धेरैको हुने भएकाले लाइभ गर्न लागिएको कम्पनीले बताएको छ।
नायक नायिकाहरुसँग जोसुकैले पनि कुराकानी गर्नसक्ने कम्पनीले बताएको छ। टीभीएसका मार्केटिङ म्यानेजर नवराज कोइरालाले लकडाउनको बेला नायकनायिका कसरी बसेका छन् भन्ने विषयमा कुराकानी गर्न सकिने बताए।
सधैँ हिँड्डुल गर्ने कलाकार महिना बढी घर बस्दाको अनुभव सुनाउने र जोकोहीले कोरोनाको अनुभव, फिल्मलगायतको विषयमा प्रश्न तथा जिज्ञासा राख्न पाउने कोइरालाले बताए।
यसको लागि जगदम्बा मोटर्स–टीभीएसको फेसबुक पेज हेर्न सकिन्छ। नायक र नायिकाले प्रत्यक्ष रुपमा कुराकानी पनि गर्न सक्नेछन्। उनीहरुसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि सकिन्छ।
नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले उनीहरुलाई गत भदौ महिनादेखि सो स्कुटरको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको थियो ।
विशेषतः युवा राइडरलाई लक्षित गरी डिजाइन गरिएको यो स्कुटर टीभीएस रेसिङ प्लेटफर्ममा आधारित छ। स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ।

प्रतिक्रिया