सिंगापुरको टेमासेक फाउण्डेसनले दिएको १० हजार थान पीसीआर टेस्ट किट नेपाल भित्रिएको छ। व्यवसायीहरुको पहलमा उक्त सामग्री नेपाल आएको हो।
फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री दिने निर्णय गरेको थियो। तर सरकारले पहल नगरेपछि व्यवसायीहरुले नै उक्त सामग्री नेपाल भित्र्याएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र केन्द्रीय सदस्य रन्जित आचार्यको पहलमा ती स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको हो। श्री एयरलाइन्सको जहाजमार्फत ती सामग्री नेपाल ल्याइएको हो।

प्रतिक्रिया