कारोबार


४४ अंकले बढ्यो सेयरबजार, करिब ५ अर्बको किनबेच

४४ अंकले बढ्यो सेयरबजार, करिब ५ अर्बको किनबेच

नेपालखबर
असोज २७, २०८२ सोमबार १५:८, काठमाडौँ

७८ अंकले घटेको भोलिपल्ट सेयरबजार ४४.२५ अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १.७६ प्रतिशतले बढेर २५४७.६० विन्दुमा चढेको हो। 

सोमबार ९९ लाख कित्ता सेयर बिक्री भएको छ। यो बिक्रीमा कुल ४ अर्ब ९७ करोडको कारोबार भएको छ। आज २ सय वटा सेयरको मूल्य बढ्दा ४४ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

आजको कारोबारमा तीनवटा सेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको हो। यसबाहेक इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर पनि क्रमशः ९.९२ र ९.८२ प्रतिशतले बढेका छन्। 

आज कर्पोरेट डेभलपमेन्ट, थ्रिस्टार हाइड्रोलगायत भने ५.२६ प्रतिशतसम्मले घटेका छन्। 

सर्वाधिक कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि छ। कम्पनीको ३१ करोडको कारोबार भएको हो। यसबाहेक नेपाल पुनर्बीमाको पनि आज २६ करोडको खरिदबिक्री भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad