वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका तीन ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
एक ठाउँमा सडक एकतर्फी छ भने एउटा सडकमा साना सवारी मात्र गुडिरहेका प्रहरीले जनाएको छ।
कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला गाउँपालिका- ४ बरुणखोला, संखुवासभाकै मकालु गाउँपालिका-३ एकुवा र रसुवाको गोसाइँकुण्डस्थित पासाङ ल्यामु सडकक खण्ड आज पूर्णरूपमा अवरुद्ध द्ध। पासाङ ल्यामु सडकका तीन ठाउँमा सडक अवरुद्ध छ।
त्यसैगरि इलामको इलाम नगरपालिका- ९ राजदुवालीस्थित मेची राजमार्गमा अहिले साना सवारी साधन मात्रै गुडिरहेका प्रहरीले जनाएको छ।
त्यसैगरि काभ्रेको रोसी गाउँपालिका- ११ को माम्तीखोला, डालाबसेँसी र बुल्ढुंगा लगायतका ठाउँमा सडक एकतर्फी छ।
आज कुन राजमार्ग कहाँकहाँ छ अबरुद्ध?

102
Shares

प्रतिक्रिया