कारोबार


५ दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट

५ दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ११:१३, काठमाडौँ

पाँच दिनदेखि लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। 

आज सुनको मूल्य तोलामा चार हजार दुईसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सुनको मूल्य आज दुई लाख ३५ हजार कायम भएको छ। बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार २०० थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

चाँदीको मूल्य भने आज पनि बढेको छ। बिहीबार प्रतितोला तीन हजार २५ मा खरिदबिक्री भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँ बढेर तीन हजार ८५ पुगेको छ। चाँदीकाे पनि याे मूल्य हालसम्मकै सबैभन्दा बढी हाे।

गएको आइतबारदेखि बिहीबारसम्म सुनको मूल्य लगातार बढेको थियो। 

हिजो सुनकाे मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने बुधबार प्रतितोला दुई हजार ६ सय रुपैयाँ बढेको थियो। 

गएको आइतबार सुनको भाउ तोलामा सात हजार, सोमबार दुई हजार पाँचसय र मंगलबार दुई हजार तीनसय रुपैयाँ बढेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad