सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड रुपैयाँ जम्मा गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो रकमबराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई मंगलबार हस्तान्तरण गरेका हुन्।
भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा आगलागीले ध्वस्त सरकारी भवन पुनर्निर्माणका लागि सरकारले खडा गरेको कोषमा कम्पनीले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो।
सरकारले देश तथा विदेशमा रहेका नेपालीहरुलाई कोषमा रकम सहयोग गर्न आग्रह गरेको थियो।
सोअनुसार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०१००१०२०७०००४ मा सो रकम जम्मा गरिएको कम्पनीले जनाएको छ।
78
Shares

प्रतिक्रिया