समाज


प्रमुख आयुक्त राईसहित अख्तियारका सबै आयुक्तको राजीनामा माग्दै जेनजीको दबाबपत्र

प्रमुख आयुक्त राईसहित अख्तियारका सबै आयुक्तको राजीनामा माग्दै जेनजीको दबाबपत्र

मंगलबार बिहान अख्तियारमा दबाबपत्र दर्तापछि जेनजी युवा।


नेपालखबर
असोज २१, २०८२ मंगलबार ११:१७, काठमाडौँ

प्रमुख आयुक्त प्रेमकुमार राईसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा माग्दै जेनजी युवाहरूको एक समूहले आज (मंगलबार) बिहान अख्तियारकै कार्यालयमा दबाबपत्र बुझाएका छन्।

उनीहरूले ‘जेन-जेड मुभमेन्ट अलायन्स’को नाममा अख्तयारमा दबाबपत्र दर्ता गराएका हुन्।

आज बिहानै टंगालस्थित अख्तियारको कार्यालय पुगेर दबाबपत्र दर्ता गराइएको समूहका एक सदस्य आशुतोष झाले नेपालखबरलाई जानकारी दिए। 

पत्रमा उनीहरूले लेखेका छन्, ‘तपाईंलगयत अरू सम्पूर्ण आयुक्तको नियुक्ति संसदिय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ। यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ।’ 

पत्रमा अगाडि भनिएको छ, ‘साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला। तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन। यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।’

यस्तो छ पूरा पत्र- 

माननीय प्रेमकुमार राईज्यू,
प्रमुख आयुक्त,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल।
महोदय,
विषय: राजीनामा दिनका लागि आग्रह तथा दबाबपत्र।
वि.सं. २०८२ साल भाद्र २३ गतेबाट जने-जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य हुन् भन्नेबारे यहाँलाइ अवगतै छ । यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगयत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदिय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ। 

साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ। यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला। तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन।

यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ।
तपसिल:
३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेन-जी समूहले हस्ताक्षर गरी सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालयमा दर्ता गरिएको जनादेशसम्बन्धी सम्झौताको दोश्रो मागः नेपालमा भएको संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य गर्ने को प्रतिलिपि
बोधार्थः
सम्माननीय प्रधानमन्त्रीज्यू,
माननीय गृह मन्त्रीज्यू,
माननीय अर्थ मन्त्रीज्यू,
सबै माननीय आयुक्तज्युहरू,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू।

‘जेन-जेड मुभमेन्ट अलायन्स’(विभिन्न जेन-जेड समुदायहरूको ऐक्यबद्ध समूह) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad