कारोबार


बाटामा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध

बाटामा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध

बीपी राजमार्गमा अलपत्र सवारी र यात्रु (उजिर कार्की/नेपालखबर)


नेपालखबर
असोज १८, २०८२ शनिबार १७:३७, काठमाडौँ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाटामा अलपत्र यात्रुलाई खाना र आवासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ। 

सूचना जारी गर्दै प्राधिकरणले विभिन्न भागमा अतिभारी वर्षात् भइरहेकाले आवश्यक प्रबन्ध गर्न अनुरोध गरेको हो। 

लामो दूरीका सवारीसाधनको आवतजावत असोज २० सम्म रोक लगाइएको छ। उक्त रोक लाग्नुअघि नै गन्तव्य हिँडेका केही सवारीसाधनमा यात्रुहरु रहेकाले उनीहरुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी र सम्बन्धित जिल्लामा कार्यक्षेत्र भएका सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्रलगायतको समन्वयमा सुरक्षित स्थानमा राखी खानपान, स्वास्थ्योपचारलगायतका आवश्यक बन्दोबस्त गर्न प्राधिकरणले भनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad