कारोबार


दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार

दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार

नेपालखबर
असोज १२, २०८२ आइतबार १५:१९, काठमाडौँ

दशैँ अगाडिको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ।

आइतबार नेप्से सूचक ११.५१ अंकले बढेर बन्द भएको हो। सोमबारबाट दशैँ सुरु हुने हुँदा आइतबार नै दशैँ अघिको अन्तिम कारोबार हो।

यो दिन बजार बढ्ने नेप्से सूचक २६६३.५१ अंकमा पुग्दा लगानीकर्ताले २ अर्ब ९३ करोडको मात्रै सेयर कारोबार गरेका हुन्। दशैँ लागेसँगै लगानीकर्ताले आइतबार कारोबार धेरै गरेनन्। 

यो दिन कारोबारमा आएका ३१४ वटा कम्पनीको सेयरमध्ये बढेको बजारमा १७० वटाको मूल्य बढेको छ भने ६९ वटाको मूल्य घटेको छ । १२ वटाको भने आज मूल्यमा कुनै उतारचढाव आएन। 

आज बढ्नेमा भने ग्लोबल आइएमई समुन्नत योजना २ को सकारात्मक सर्किट लाग्दा भगवती हाइड्रोको ७.७८ प्रतिशत र युनियन हाइड्रो र नाडेप लघुवित्तको ५ प्रतिशतका दरले मूल्य बढ्न पुग्यो। यता घट्नेमा भने आज सिक्लेस हाइड्रो अगाडि छ। 

यो कम्पनीको मूल्यमा १० प्रतिशत गिरावट हुँदा नकारात्मक सर्किट लागेको हो। यो बाहेक नबिल ब्यालेन्स फण्ड २ र कालिका पावर कम्पनीको ५ प्रतिशतले मूल्य घटेको हो। 

दशैँ लागेसँगै कारोबार घटाएका लगानीकर्ताले यो दिन सबैभन्दा धेरै युनियन हाइड्रोपावरको कम्पनीको कारोबार धेरै गरेका छन्।

लगानीकर्ताले उक्त कम्पनीको कुल २४ करोडको कारोबार गर्दा नेपाल पुनर्बिमा कम्पनीको ११ करोडको कारोबार गरेका हुन्।

अब बजार १९ गते आइतबार खुल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad