सागर डिस्टिलरी कम्पनीको साधारण सेयर (आईपीओ) आइतबार बाँडफाँट भएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो।
जसमा १ लाख १८ हजार ६४ जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
कम्पनीले गत भदौ ३० देखि असोज ९ सम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गरेको थियो।
सो निष्काशनमा कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ० हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
99
Shares

प्रतिक्रिया