कारोबार


सरकारले तोकेभन्दा कम मूल्यमै टिकट बेचिरहेका छौँ: हवाई सञ्चालक संघ

सरकारले तोकेभन्दा कम मूल्यमै टिकट बेचिरहेका छौँ: हवाई सञ्चालक संघ

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८२ शुक्रबार ५:३४, काठमाडौँ

नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघले कम मूल्यमै हवाई टिकट उपलब्ध गराइएको दाबी गरेको छ। 

सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा हवाई कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराइएको दाबी गरिएको छ। 

बडादसैँ, तिहार, तथा छठ पर्वको अवसर पारेर यात्रुसँग बढी भाडा लिएको गुनासोतर्फ सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा अहिले कम मूल्यमै टिकट उपलब्ध गराइएको र अब जारी गर्ने टिकट पनि कम मूल्यमा नै उपलब्ध गराउने निर्णय भएको बताइएको छ। 

यही असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारी सम्मिलित बैठकमा भएको छलफल बमोजिम वायुसेवा कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराउने निर्णय भएको सङ्घले जनाएको छ। 

साथै हाल दुर्गम क्षेत्रमा उडानको चाप त्यति नभएको र उक्त क्षेत्रको हवाई भाडा दर पनि एउटै रहेकाले सोही बमोजिम नै भाडा दर लिई उडान गरिरहेको पनि सङ्घले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad