ऊर्जा मन्त्रालयले सेवाग्राहीको गुनासो सुन्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सेवाग्राहीलाई मन्त्रालय र मातहतका निकाय आयोजनासँग सम्बन्धित गुनासो वा उजुरी भए फोन गर्न सकिने व्यवस्था मिलाएको हो।
मन्त्रालयले यसका लागि चौबीसै घण्टा खुला हुने हटलाइन नम्बर सञ्चालनमा ल्याएको हो। यसका लागि ११५१ नम्बरमा फोन गर्न सकिनेछ।
यसबाहेक [email protected] वा [email protected] वा ०१४२११५११ मा समेत फोन गर्न सकिनेछ।
57
Shares

प्रतिक्रिया