कारोबार


सडक विभागमा फोकल पर्सनको व्यवस्था, गुनासो टिपाउन नम्बर सार्वजनिक

सडक विभागमा फोकल पर्सनको व्यवस्था, गुनासो टिपाउन नम्बर सार्वजनिक

नेपालखबर
असोज ७, २०८२ मंगलबार २१:३४, काठमाडौँ

सडक विभागले फोकल पर्सन तोकेको छ।

विभागले फोकल पर्सनसँगै टोल फ्री नम्बरसमेत सार्वजनिक गरेके छ।

९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाव,आवश्यक जानकारी दिन विभागले आग्रह गरेको छ।

‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट मुलुकभरीको सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन समेतको व्यवस्थापन गर्न सडक विभागलाई निर्देशन भए बमोजिम मिति २०८२र०६र०७ देखि फोकल पर्सन समेतको व्यवस्थापन भएको छ’ विभागले सूचना जारी गरी भनेको छ, ‘ सर्वसाधारण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाव, आवश्यक जानकारी दिन हुन अनुरोध छ।’

गुनासा, सुझाव, आवश्यक जानकारी प्राप्त भएपछि सडक विभागको सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad