खेल


नवनियुक्त राखेप सदस्यसचिव सिलवालले गरे शपथग्रहण, आजै पदबहाली गर्ने

नवनियुक्त राखेप सदस्यसचिव सिलवालले गरे शपथग्रहण, आजै पदबहाली गर्ने

नेपालखबर
असार २३, २०७६ सोमबार १०:१२,

खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री जगत बहादुर सुनारको उपस्थितीमा शपथग्रहण कार्यक्रम आयोजना भएको हो।

सिलवालले आजै पदबहाली गर्ने खेलकुद मन्त्रालयले जनाएको छ। कार्यक्रममा खेलकुदमन्त्री जगत बहादुर सुनारले सिलवाललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्ट पनि समभागी थिए। उनले पनि सिलवाललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सिलवाल चार वर्षका लागि राखेपका सदस्य सचिवमा नियुक्त भएका छन्। उनलाई खेलकुदमन्त्री जगत बहादुर सुनारले नियुक्तिपत्र प्रदान गरेका थिए।

गत असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। सरकारले आइतबार सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो।

सिलवाल गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिलवालका निकट सम्बन्ध रहेको छ। हालको युवा संघ नेपाल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका रुपमा स्थापना हुँदा त्यसमा अध्यक्ष ओली थिए भने सिलवाल कार्यकारी सदस्य थिए।

 

केशवकुमार  विष्ट र सिलवाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad