कारोबार


स्थगित भयो सेयरबजारको भारित औसत मूल्यसम्बन्धी व्यवस्था

स्थगित भयो सेयरबजारको भारित औसत मूल्यसम्बन्धी व्यवस्था

नेपालखबर
असोज ५, २०८२ आइतबार १२:०, काठमाडौँ

सेयरबजारको भारित औसत मूल्य गणनासम्बन्धी व्यवस्था स्थगित गरिएको छ। 

नेपाल धितोपत्र बोर्डले पत्र पठाएपछि नेपाल स्टक एक्सचेन्जले पछिल्लो व्यवस्था स्थगित गरेको हो। 

बोर्डले ४ गते पत्र पठाउँदै कारोबार दिनको २ः४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था तत्कालका लागि स्थगित गर्न भनेको थियो। 

‘यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ’, नेप्सेको सूचनामा भनिएको छ। 

यसअनुसार अब ३ बजेपछि नेप्से जुन विन्दुमा रहन्छ, त्यसैलाई मानिने भएको हो। 

‘परिवर्तित व्यवस्थाको ५ गते प्राविधिक परीक्षण गरी ६ गते सार्वजनिक विदा परेको हुँदा तत्पश्चात्को कारोबार दिनदेखि अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गरिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad