ग्लोबल


बेलायतले आज गर्न सक्छ- प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिने घोषणा

बेलायतले आज गर्न सक्छ- प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिने घोषणा

बेलायतका प्रधानमन्त्री कियर स्टारमर


नेपालखबर
असोज ५, २०८२ आइतबार १२:१, काठमाडौँ

बेलायतका प्रधानमन्त्री कियर स्टारमरले आज (आइतबार) प्यालेस्टाइनलाई एक देशका रूपमा मान्यता दिने घोषणा गर्ने अपेक्षा गरिएको छ।

यसलाई बेलायती विदेश नीतिमा ठूलो परिवर्तन मानिएको छ।

गत जुलाईमा स्टारमरले इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानसम्बन्धी सर्तमा सहमत भएन भने बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए। 

बेलायतको यो कदमविरुद्ध इजरायली सरकार, बन्धकका परिवार र केही कन्जरभेटिभ राजनीतिकर्मीले कडा आलोचना गरेका छन्।‍

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसअघि नै भनेका छन्, ‘यस्तो कदमले आतंकवादलाई पुरस्कार दिन्छ।’

यद्यपि बेलायती मन्त्रीहरूले दीर्घकालीन शान्ति सम्झौताका लागि आशा जीवित राख्न कारबाही गर्नु नैतिक जिम्मेवारी हो।

सरकारी स्रोतले हालैका हप्तामा स्थलगत अवस्था निकै बिग्रिएको उल्लेख गरेका छन्। 

उनीहरूले गाजामा भोकमरी र हिंसा देखाउने तस्बिरको हवला दिएका छन्, जसलाई प्रधानमन्त्री स्टारमरले पहिले नै ‘असहनीय’ भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad