नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।
उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण गर्न सकिने धारणा राखे। ‘देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा रु १० सङ्कलन अभियान गर्ने र धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन्। यसरी अगाडि बढियो भने पार्टीको केन्द्रीय कार्यालय पनि निर्माण हुन्छ। सबैको अपनत्व पनि हुन्छ’, उनले भने।
Shares

प्रतिक्रिया