सेयरबजारमा उच्च गिरावट आएको छ।
योसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ।
बजार ५ प्रतिशतले घटेको हो। २३ मिनेटमै १३३.६१ अंकले बजार ओरालो लागेको हो।
२३ र २४ को प्रदर्शनपछि बजारमा कारोबार हुनसकेको थिएन। तर अवस्था सामान्य भएपछि खुलेको बजारमा उच्च अंकले गिरावट आएको हो।
बिहीबार खुलेको दोस्रो मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि २२ मिनेटमा खुले पनि ५ प्रतिशतले गिरावट आएसँगै अब ४० मिनेटका लागि बन्द भएको छ।
78
Shares

प्रतिक्रिया