सडक डिभिजन काठमाडौंले ज्यालादारीमा रहेका कर्मचारी हटाउने भएको छ।
डिभिजनले आज स्थायी कर्मचारीहरुको बैठकबाट आवश्यकभन्दा बढी ज्यालादारीमा रहेको कर्मचारी हटाउने निर्णय गरेको सडक डिभिजन काठमाडौंका प्रमुख सुबोध देवकोटाले जानकारी दिए।
सरकारको नीतिअनुसार फजुल खर्च कटौती गर्न यस्तो गरिएको हो।
डिभिजनको निर्णयबाट करिब ३०–३५ जना ज्यालादारीमा रहेका सुपरभाइजर प्रभावित हुनेछन्।
काठमाडौं उपत्यकालाई खाल्टोविहीन बनाउने
डिभिजनले काठमाडौं उपत्यकालाई खाल्टोविहीन बनाउने अभियान पनि आजदेखि सुरु गरेको प्रमुख देवकोटाले जानकारी दिए।
यो अभियानको सुरुवातको रुपमा डिभिजनले बालुवाटारमा परेको खाल्टो पुरेको छ।
उक्त खाल्टो दुई घण्टामा पुरिएको हो। उपत्यकामा खाल्टाखुल्टी कति छन् भनेर तथ्यांक संकलनमा डिभिजन रहेको छ।
तस्बिर कथा






Shares

प्रतिक्रिया