जेनजी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
२३ र २४ गते भएको जेनजीको आन्दोलनका घाइतेहरूलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एसोसिएसनका अध्यक्ष होमराज श्रेष्ठले बताए।
उनकाअनुसार बुधबार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ। उनले उपचाररत युवाहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रह समेत गरे।
जेन–जी आन्दोलनका मृत्यु हुनेको संख्या ७३ पुगेको छ। सयौं युवाहरू उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्।
27
Shares

प्रतिक्रिया