कारोबार


सूर्य नेपाल प्रालिले भन्योः ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेका छौँ

सूर्य नेपाल प्रालिले भन्योः ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेका छौँ

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार २२:१, काठमाडौँ

सूर्य नेपाल प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने ट्रंक लाइन बापतको महशुल पहिले नै बुझाइसकेको स्पष्ट पारेको छ।

विगतमा नेपाल विद्युत प्राधिकरणद्वारा लगाइएको लोडसेडिङको अवधिमा ट्रंक लाइन मार्फत बिजुलीको प्रयोगको लागि तिर्नुपर्ने अतिरिक्त महशुल सम्बन्धी विभिन्न सामाजिक सञ्जालमा प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले प्राधिकरणको निर्देशन अनुसार सबै बक्यौता पहिले नै तिरिसकेको स्पष्ट पारेको हो।

‘यसबाहेक, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ को निर्णय अनुसार, अतिरिक्त महशुल, पुस २०७२ देखि वैशाख २०७५ सम्मको अवधिको लागि मात्र लागू हुने निर्णय अनुसार सूर्य नेपालले तिर्नु पर्ने भन्दा बढी नै रकम भुक्तानी गरिसकेको’ मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

‘सूर्य नेपाल, सबै प्रचलित कानून, नियम र नेपाल सरकार र सम्बद्ध निकायका निर्देशनहरूको पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ सूर्य नेपालले भनेको छ, ‘कम्पनीले उल्लेखित विषयमा नेपाल विद्युत् प्राधिकरणको निर्देशन अनुसार पहिले नै सम्बन्धित बक्यौताहरू तिरेको हुनाले, भ्रामक जानकारी प्रसारित नगर्न हामी सबैलाई विनम्र अनुरोध गर्दछौं।’

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ हाल ऊर्जामन्त्री नियुक्त भएपछि पहिलो निर्णय ट्रंक तथा डेडिकेटेड लाइनको महशुल उठाउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad