जेनजी प्रदर्शनका कारण बन्द बनेको सेयर कारोबार बिहीबारबाट सुचारु हुने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बोर्ड बैठक बसेर बिहीबारबाट नेप्से सुचारु गर्ने निर्णय गरेपछि नेप्सेले सूचना जारी गरेको हो।
बिहीबारबाट साबिकबमोजिम नै बजार कारोबार खुल्ने नेप्सेले जनाएको छ।
जेनजी प्रदर्शनका कारण सुरुमा २४ गतेका लागि मात्र बन्द गरिएको थियो। २४ गते उग्र प्रदर्शनपछि र २५ र २६ गते बजार बन्द भयो।
त्यसपछि फेरि २७ गते धितोपत्र बोर्डको अर्को निर्णयअनुसार २९ देखि असोज २ सम्म सेयरबजार बन्द गरिएको थियो।

48
Shares

प्रतिक्रिया