कोशी


जेनजी आन्दोलनः मोरङका १५५ वटा संरचना ध्वस्त

जेनजी आन्दोलनः मोरङका १५५ वटा संरचना ध्वस्त

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १७:५८, विराटनगर

जिल्ला प्रशासन कार्यालय मोरङले भवनको क्षति विवरण सार्वजनिक गरेको छ। 

जेनजी आन्दोलनमा भदौ २३ र २४ गते भएको विध्वंसका कारण  मोरङमा मात्रै १५५ वटा संरचनामा क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबैभन्दा धेरै वडा कार्यालयहरू ५८ वटामा क्षति भएको जानकारी दिए।

२१ वटा सङ्घीय कार्यालय, १४ वटा प्रदेश कार्यालय, १० वटा स्थानीय तह पालिकाको भवन पूर्ण क्षति भएका छन्।

त्यस्तै निजी घरहरू १५ वटा, पार्टी कार्यालयहरू ८ वटा, अन्य सङ्घ संस्थाका ४ वटा, व्यापारिक भवन ३ वटा, नेपाल प्रहरीका प्रहरी चौकीहरू १७ वटा पोस्ट तथा कार्यालयहरू, ४ वटा सशस्त्र प्रहरीको पोस्टमा क्षति भएको छ।

आन्दोलनको क्रममा कर्मचारी सञ्चय कोषमा समेत आगजनी भएको मोरङका प्रमुख जिल्ला अधिकारी यादवले बताए। पहिलो चरणको क्षतिको विवरण आएकोले यस बारेमा कति बरावरको क्षति भएको भन्ने बारेमा मूल्याङ्कन समितिले दिएको प्रतिवेदनको आधारमा तय हुने उनले बताए। 

अहिले क्षति भएका कार्यालयहरूको विवरण सङ्कलन गर्ने काम अन्तिम चरणमा रहेकोले अब सरसफाई गरी सेवा प्रवाहलाई व्यवस्थित गर्ने गरी लागेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad