कारोबार


सागर डिस्टिलरीको आईपीओ खुल्यो

सागर डिस्टिलरीको आईपीओ खुल्यो

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १२:३२, काठमाडौँ

सागर डिस्टिलरी लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्काशनका लागि छुट्याएको छ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम वहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्। 

कम्पनीको सेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। 

सागर डिस्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय छ भने काठमाडौं महनगरपालिका १ मा कर्पोरेट कार्यालय रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad