नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई भदौ ३० को अनौठो संयोग मिलेको छ।
उनी भदौ ३० मै ९ वर्षअघि प्राधिकरणको कार्यकारी निर्देशक बनेका उनलाई अहिले भदौ ३० मै मन्त्री बन्ने संयोग जुरेको हो।
जेनजी प्रदर्शनपछि बनेको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा उनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका हुन्। उनले आजै शपथ खाएर पदभार ग्रहण गरेका छन्।
तत्कालीन सरकारले कुलमानलाई पहिलोपल्ट ०७३ भदौ ३० मा कार्यकारी निर्देशक बनाएको थियो। अहिले कार्कीले उनलाई भदौ ३० मै मन्त्री नियुक्त गरेकी हुन्।
प्राधिकरणको कार्यकारी निर्देशक हुनुअघि उनी राहुघाट जलविद्युत् आयोजनाको प्रमुख थिए। प्राधिकरणमा उनले दोस्रो कार्यकाल पनि सम्हाले तर पूरा कार्यकाल बिताउन पाएनन्। ओली सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो।
Shares

प्रतिक्रिया