आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा एक हजार ६ सय रुपैयाँ बढेको हो।
सुनको मूल्य आज तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
हिजो सुनको मूल्य २ लाख १४ हजार दुईसय रुपैयाँ थियो। गएको तीजको अघिल्लो दिन (भदौ नौ गते) सुनको मूल्य तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँ थियो।
त्यसयताका १८ दिनमा सुनको मूल्य १८ हजार ६ सय रुपैयाँ बढेको छ।
आज चाँदीको मूल्य पनि हालसम्मकै महँगो भएको छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
492
Shares

प्रतिक्रिया