कारोबार


निर्बाध पेसा व्यवसाय गर्न सुरक्षा देऊ, सामान अभाव हुन नदिऔँ : उद्योग वाणिज्य महासंघ

उद्योग व्यवसायमा अर्बौँको क्षति, तोडफोड र आगजनीको भर्त्सना
निर्बाध पेसा व्यवसाय गर्न सुरक्षा देऊ, सामान अभाव हुन नदिऔँ : उद्योग वाणिज्य महासंघ

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १२:४८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले निर्बाध पेसा व्यवसाय गर्न सुरक्षा दिन नेपाली सेनासँग माग गर्दै महासंघ सदस्यहरुलाई अत्यावश्यक सामान अभाव हुन नदिन आह्वान गरेको छ। 

शुक्रबार विज्ञप्ति निकाल्दै महासंघले आवश्यक सुरक्षा माग गरेको हो। 

देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैै महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ गरेको छ।

त्यस्तै साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। 
 

‘सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको छ’, महासंघले भनेको छ, ‘यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भै युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढने अपेक्षा महासंघले गरेको छ।’

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न तयार रहेको जनाउँदै महासंघले नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि आग्रह गरेको छ। 

‘महासंघको सबै जिल्ला र एक सयभन्दा बढी पालिकाहरुमा सदस्य उद्योग वाणिज्य संघहरुमार्पmत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएटलगायतका सदस्यतामार्पmत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

व्यावसायिक सम्पत्ति तोडफोडको भर्त्सना 
महासंघले प्रदर्शनको नाममा भएको व्यक्तिगत र व्यावसायिक सम्पत्तिमाथिको तोडफोडको भर्त्सना गरेको छ। 

‘पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्र्सना गर्दछ’, महासंघले भनेको छ। 

साथै महासंघले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण समेत गराएको छ। 

उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैयाँबराबरको क्षति भएको महासंघले जनाएको छ। 

‘यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भए पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

यसैगरी, निजी क्षेत्रका गतिविधि निर्बाध रुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघले जनाएको छ। 

‘त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गर्दछौँ’, महासंघले भनेको छ। 
निषेधाज्ञा एवं कर्प्mयुका सामयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलपूmल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसार पसार सहजीकरणका लागि महासंघले आग्रह गरेको छ। 

‘यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताका महासंघ आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ। 

यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्पm देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरिएको छ। साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरिएको छ। 

अन्तर्राष्टिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेकाकाले अत्यावश्यकीय लगायतका सामान आयातनिर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वतावरण निर्माणका लागि पनि महासंघले अनुरोध गरेको छ। 

नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको छ। 
 
यी विषयहरुमा बुधबार महासंघको कार्यकारिणी समिति र पूर्वअध्यक्षहरुसँगको बैठकमा पनि छलफल भएको थियो। उक्त बैठकले निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय भएको थियो। 

सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव भएकाले स्थायित्वका लागि युवाहरुको चाहनाअनुरूप सुशासन, वाक् स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघले सबैमा आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad