जेनजीको आन्दोलन उग्र बन्दा २३ र २४ गते भएको भौतिक क्षतिको विवरण सक्दो छिटो निकाल्न बिमा प्राधिकरणले निर्देशन दिएको छ।
प्राधिकरणले २३ गते भएका बिमितको क्षतिको विवरण संकलन गरेर बुधबारसम्म प्राधिकरणमा बुझाउन सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो।
योसँगै सबै बिमा कम्पनीहरूले धन-सम्पत्तिमा हुन गएको क्षति र सोबाट पर्नसक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्स्योट गर्न निर्देशन दिएको छ।
२३ गतेको जेनजी आन्दोलन र सोपछिका भौतिक संरचनामा भएका क्षतिले बिमा कम्पनीहरूमा सम्पत्ति बिमा, मोटर बिमा दाबी माग बढाउने निश्चित देखिएको छ।
360
Shares

प्रतिक्रिया