कारोबार


पर्यटकीय आवागमन सहजीकरण गर्न होटल संघ नेपालको आह्वान

पर्यटकीय आवागमन सहजीकरण गर्न होटल संघ नेपालको आह्वान

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:१, काठमाडौँ

होटल संघ नेपालले परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाहरुको आत्माको चिरशान्तिको प्रार्थना गर्दै घाइतेहरुको स्तरीय स्वास्थ्य उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

युवाहरुको बलिदानबाट सिर्जना भएको नयाँ भविष्यको प्रारम्भ गर्ने वर्तमान संक्रमणकालमा देश र जनताको हितमा हुने वार्ता लगायतका सबै प्रयासहरुको सफलताको कामना गर्दै विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरुको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्न आग्रह गरेको छ। 

देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पर्यटकीय आवागमन सहजीकरण पहल हुन होटल संघ नेपालले आह्वान गरेको हो ।

आसन्न चाडपर्व र पर्यटकीय सिजनको प्रारम्भ हुने समयमा सृजित नयाँ परिवर्तन र संक्रमणकालमा नेपालमा रहेका र आउने पर्यटकहरुको उचित व्यवस्थापनमा होटल लगायत आतिथ्य क्षेत्र सदाझैँ क्रियाशील रहेको हुँदाहुँदै पनि यस कार्यमा सम्वद्ध सबै पक्षबाट आवश्यक प्राथमिकता र पहल भए गरेमा नेपाल आउने पर्यटकहरुबाट हुन थालेको अत्यधिक एवं अप्रत्यासित क्यान्सिलेसन केही हदसम्म रोक्न मद्दत पुग्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

होटल लगायतका निजी तथा सार्वजनिक सम्पत्तिहरुमा भएका आगजनी देशकै सम्पत्तिको विनास हो र भोलि पनि आवश्यक पर्ने यस्ता महत्वपूर्ण संरचनाहरु निर्माणमा देशकै सीमित साधन र स्रोत खर्चिनुपर्ने हुँदा थप विनास हुन नदिन सबैमा होटल संघ नेपालले अपिल गरेको छ ।

साथै, वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकहरुको उपयुक्त व्यवस्थापन एवं सहजिकरण गर्न होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको छ । र अलपत्र परेका पर्यटकहरुलाई होटल आवास आवश्यकता भए होटल संघ नेपालको हटलाइन सम्पर्क नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad