भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन्।
सडक सुरक्षासम्बन्धी एसिया प्यासिफिक सम्मेलनमा सहभागिताका लागि आइतबार राति उनी मनिला गएका हुन्।
एसियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहालसहितको प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो।
सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयासलगायतबारे पहिलो दिनको सत्रमा सम्बोधन गर्नेछन्।
सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवम् विज्ञहरुको सहभागिता रहनेछ।
मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्किने कार्यक्रम छ।
9
Shares

प्रतिक्रिया