राजनीति


जेनजी प्रदर्शनका मृतक २० मध्ये ७ जनाको परिचय खुल्यो

जेनजी प्रदर्शनका मृतक २० मध्ये ७ जनाको परिचय खुल्यो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १९:९, काठमाडौँ

देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौँमा मात्रै १८ जनाको ज्यान गएको छ। 

जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ। 
यीमध्ये ५ जनाको पहिचान भएको छ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।

गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये बाँकी तीनजनाको अझै सनाखत हुन सकेको छैन। 

यसैगरी, काठमाडौं मेडिकल कलेजमा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ। 

बाँकी १२ जनाको अझै सनाखत भइसकेको छैन। काठमाडौँका नयाँ बानेश्वरस्थित सिभिल, एभरेस्ट, सिनामंगलमा रहेको केएमसी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि घाइतेको उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad