समाज


१२ दिनको फरकमा आमा र बुवालाई दागबत्ती दिए दुई किशोरीले

१२ दिनको फरकमा आमा र बुवालाई दागबत्ती दिए दुई किशोरीले

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १२:२१, धनकुटा

तीन दिनको फरकमा ज्यान गुमाएका धनकुटाका एकजोडी दम्पतिको १२ दिनको फरकमा अन्त्यष्टि गरिएको छ। 

धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे सिप्रिङ निवासी  डम्बरबहादुर मगर र उनकी पत्नी विद्या मगरलाई उनीहररुका दुई छोरीले १२ दिनको फरकमा दागबत्ती दिएका हुन्। 

डम्बरबहादुरको यही भदौ ४ गते कुवेतमा मृत्यु भएको थियो। उनको शव १४ दिनपछि नेपाल ल्याएर यही भदौ १८ गते अन्त्यष्टि गरिएको हो।

महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनार उनका छोरीहरू १६ वर्षीय बिपना र १५ वर्षीय सञ्जुले बुवाकाे शवमा दागबत्ती दिएका हुन्। 

कुवेतमा पतिको मृत्यु भएको शोकमा परेकी विद्याको भदौ ७ गते नै निधन भएको थियो। उनको सोही दिन अन्त्यष्टि गरिएको थियो। 

मगर जातिको संस्कृतिअनुसार छोरीहरूले सात दिनमा आमाको काम सकेपछि बुवाको शव कुरेर बसेका थिए। 

काठमाडौँबाट बिहीबार शव धनकुटा ल्याएपछि मगरकाे अन्त्यष्टि गरिएकाे हाे। डम्बरबहादुर २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत गएका थिए। श्रीमती विद्या भने धनकुटामै छोरीसँगै बस्दै आएकी थिइन्।

सामान्य आर्थिक अवस्था रहेको मगर दम्पतीको मृत्युपछि छोराछोरीको लालनपालन र हेरचाहका लागि अहिले सहयोग सङ्कलन गर्ने काम भइरहेको छ। माहिली छोरी १५ वर्षीय मञ्जु मगरको नाममा बैङ्कमा खाता खोलेर सहयोग सङ्कलन सुरु गरिएको हो। 

महालक्ष्मी नगरपालिकाले उनीहरूको शिक्षामा लाग्ने सबै खर्च बेहोर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad