कारोबार


अर्थमन्त्री खतिवडा भन्छन्ः अक्टोबर सिजनमा चिनियाँ पर्यटकका लागि तयारी गर्नु

अर्थमन्त्री खतिवडा भन्छन्ः अक्टोबर सिजनमा चिनियाँ पर्यटकका लागि तयारी गर्नु

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १०:३७,

अर्थमन्त्री डा. युवराज खतिवडाले अक्टोबरको पर्यटकीय सिजनमा चिनियाँ पर्यटकको लागि तयारी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्। पर्यटन क्षेत्र थलिएको भनिए पनि संक्रमणको जोखिम कम हुने वित्तिकै उकास्न सकिने र अक्टोबरदेखि चिनियाँ पर्यटकहरु नेपाल भित्रिने उनले बताए।

नेपाल चेम्बर आफ कर्मसको टोलीसँग भेटवार्ता गर्दै उनले लामो समय लक डाउनमा बसेकाहरुलाई आन्तरिक पर्यटकमा प्रवद्र्धन गर्नुपर्ने बताए। लकडाउनमा बसेकाहरु अब तुरुन्तै घुम्न मन पराउने भएकाले त्यसलाई केन्द्रित गर्न उनले भनेका हुन्। व्यवसायीहरुले लकडाउनमा राम्रो भूमिका खेलेकोमा उनले प्रशंशा गरेका छन्।

‘कसैले खान पाउँदैन भन्ने थियो, कालोबजारी हुन्छ भन्ने थियो’ उनले भने, ‘तर व्यवसायीहरुले राम्रो भूमिका खेलेका कारण लकडाउनमा पनि असहजता महसुस भएको छैन।’

लकडाउनमा अहिले व्यसायीहरुलाई असर परेको भन्दै उनले सरकारले केही राहात कार्यक्रम ल्याएको र बाँकी सरकारको नीति तथा कार्यक्रम मार्फत ल्याउने जानकारी दिए।

अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको प्रभाव कम परेको र व्यसायीहरुलाई पनि कम असर गरेको उनले दाबी गरे।

त्यसैगरी वैदेशिक रोगारीलाई रोक्ने राम्रो अवसर देखिएको उनले बताए। वैदेशिक रोजगारीबाट फर्किएकाहरुले कस्तो काम गर्न चाहन्छन्, सरकारले सिप प्रदान गर्ने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .