कारोबार


भदौ ३० गतेबाट दसैँका लागि सुपथ मूल्यका पसल सञ्चालनमा आउने

काठमाडाैँ, ललितपुर र भक्तपुरका यी १३ ठाउँमा पसल सञ्चालन हुने
भदौ ३० गतेबाट दसैँका लागि सुपथ मूल्यका पसल सञ्चालनमा आउने

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १०:४२, काठमाडौँ

दसैँलाई लक्षित गर्दै यसपटक सरकारले भदौ ३० गतेबाट सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्ला र साल्ट ट्रेडिङ कर्पोरेशनले २९ जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउने भएको हाे। 

उपत्यकाका तीन जिल्ला काठमाडाैँ, ललितपुर र भक्तपुरमा १३ वटा पसल सञ्चालन गर्ने कम्पनीले जनाएकाे छ।

उपत्यका लागि सुपथ पसल कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा राखिने छ भने उपत्यका बाहिरका पनि पसल सञ्चालनमा आउने छन्। 

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुट्टाछुट्टै सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका ४५ वटा जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले २९ वटा जिल्लामा पसल सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad